काठमाडौं १७ मंसिर । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी की रोजिना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठले १५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए भने एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाएर तेस्रो भएका छन् ।
त्यहाँ माओवादीले रास्वपालाई सघाएको थियो ।
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत पाएका छन् ।
यो वडामा यसअघि कांग्रेस विजयी भएको थियो । ०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।
स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्