ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाबु गाउँपालिका, अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   ८ : ३१   बजे

काठमाडौं १७ मंसिर । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट एमालेका शाही महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

शाहीले ३ हजार १२७ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २ हजा ६७५, नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरेका छन्।

अध्यक्षमा निर्वाचित एमालेका जंगबहादुर शाही २०७४ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

पछि पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका शाहीले २०७९ सालको स्थानीय तहको निर्वाचनमा महाबु गाउँपालिकामा समाजवादीबाट उम्मेदवार बनेका थिए।

उनले त्यतिबेला करिब २२ सय मात्रै मत प्राप्त गरेका थिए। तर, यस उपनिर्वाचनमा शाहीलाई एमालेमा प्रवेश गराएर टिकट दिइएको थियो।

०७९ सालको निर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ र एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६८ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu