ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपुरासुन्दरी-५ मा पनि कांग्रेस छाडी माओवादी बनेका उम्मेदवार विजयी


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   १२ : ५०   बजे

काठमाडौं १७ मंसिर । नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका अर्का उम्मेदवार पनि भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(५ को उपनिर्वाचनमा माओवादी उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएका हुन्।

विजयी उनले १ सय ८१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मत मात्र ल्याए। कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्र पाए।

उपनिर्वाचनमा विजयी झाँक्री २०७९ को आम निर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने ८२ मत मात्र ल्याएर तेस्रो स्थानमा थिए।

त्यसबेला एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायालाई १ सय २ मत प्राप्त भएको थियो।

गत स्थानीय तहको निर्वाचनमा विजयी एमाले र निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारलाई पछि पार्दै झाँक्री अहिले माओवादीबाट विजयी भएका हुन्।

सो उपनिर्वाचनमा यसअघि मोरङको ग्रामथान गाउँपालिकामा पनि कांग्रेस छाडेर माओवादी बनेका उम्मेदवार नमोनारायण माझी विजयी भइसकेका छन्।

माओवादी केन्द्रबाट विजयी माझी २०७४ को स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिका(१ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा वडाध्यक्ष उम्मेदवार बनेका उनी दोस्रो स्थानमा रहँदै पराजित भए।

गत भदौमा मात्र उनी नेपाली कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए। उनलाई माओवादीले यो उपनिर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको थियो।

यसअघि नेपाली कांग्रेसले विजय हासिल गरेको यो गाउँपालिकामा निकै ठूलो मतान्तरसहित उनी विजयी भएका हुन्।

६ हजार ९ सय ६९ मतसहित माओवादीका माझी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत मात्र पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group