ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुप विश्वविद्यालयका प्राध्यापक भट्टले मरणासन्न हुनेगरी श्रीमती कुटपिट गरि फरार, श्रीमती अस्पतालकाे शैय्यामा


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   १ : ५७   बजे

काठमाडौं १७ मंसिर ।  मंसिर १० गतेदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा हुने सबैखाले हिन्सा न्यूनिकरणका लागि नेपालमा पनि हिन्सा बिरुद्धको अभियान मनाईरहेका छन । तर, महिला हिन्सा बिरुद्धको अभियान संचालनकै बेला सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उप प्रद्याध्यापक पृथ्वीराज भट्टले   श्रीमतीलाई मरणाशन्न हुने गरी कुटपिट गरेका छन ।

उक्त क्याम्पसमा  कार्यरत उप प्रद्याध्यापक पृथ्वीराज भट्ट भन्ने ब्यक्तिले  श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरेर कुटपिट गरेका हुन । प्राद्याध्यापक श्रीमान भट्टको कुटाईबाट शिक्षिका समेत रहेकी श्रीमती जयन्ती गम्भिर घाईते भएकी छिन । उनी दुई दिनदेखि अस्पताल भर्ना भएकी छिन ।

श्रीमानको कुटाईबाट घाईते भएकी जयन्तीको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको आफन्तले बताएका छन । घाईते जयन्तीका आफन्त भदु बसन्त भट्टले फुपाजुले मदिरा सेवन गरेर फुपुलाई कुटपिट गरेपछि आफुलाई टेलिफोन गरेपछि घटना थाहा पाएको बताए ।

‘शनिबार दिउँसोतिर फुपुमाथि निर्धात कुटपिट भएको रहेछ, ‘उनले भने, ‘हामीले नै रगताम्मे अवस्था भेटिएकी घाईते फुपुलाई घरबाट ल्याएर महाकाली अस्पताल पु¥याएका हौँ, त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पतालमा उपचार भईरहेको छ ।’

प्राद्याध्यापक श्रीमानको कुटाईबाट जयन्तीको टाउको, हात, छातीमा गम्भिर चोट लागेको उनले बताए । घटनाकै दिन माईती पक्षले प्रहरीमा मौखिक तथा डाडो निवेदन दिएका छन । ‘दुनियालाई शिक्षा दिने शिक्षकबाट यसरी मदिरा सेवन गरेर मरणान्न हुने गरेर कुटपिट कार्य निन्दनिय भएको छ, ‘उनले भने, ‘अब यस्ता कार्य कानुन अनुरुप निरुपण गर्नुपर्छ, यसरी गुण्डा गर्दी शैलिमा उत्रिने दोषि पृथ्वीराज भट्ट माथि कडाभन्दा कडा कानुनी कार्बाही हुनुपर्छ ।

फुपु जयन्तीलाई पृथ्वीराज भट्टले  एक पटक नभई पटक पटक मानसकि यातना दिने र  कुटपिट गर्दै आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सुपविका प्राध्यापक पृथ्वीराज भट्ट बिरुद्धमा श्रीमती कुटपिट गरेको डाडो निवेदन परेको बताए । ‘यस घटनाको अनुसन्धान अघि बढाएका छौँ, ‘उनले भने, ‘कुटपिट गर्ने  दोषि पृथ्वीराज भट्ट को खोजी भईरहेको छ ।

 

कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले केही समय अघि मात्रै पृथ्वीराज भट्टले श्रीमती कुटपिट गरेको घटनाको मिलापत्र गरेपछि पनि कुटपिट गरेको बताए । ‘उहाँहरुले केही दिन अघि मात्रै पनि मिलापत्र गरेका थिए, ‘उनले भने, ‘फेरी फेरी घटना घटाएको छ ।’ यस अघि पनि एक सुपविका प्रद्याध्यापकले श्रीमती कुटपिट गरेका थिए ।

गत बैशाखमा सुपविको आंगिक क्याम्पस जयपृथ्वी बहुमुखी क्याम्पसमा कार्यरत उपप्राध्यापकले पनि श्रीमतीलाई यातना कुटपिट गरेपछि पक्राउ परेसंगै जिप्रकाबाट मिलापत्र गरेका थिए । शिक्षा दिने थलोमा कार्यरत प्राध्यापक गुरुहरु नै आफ्नै श्रीमतीलाई यातना, कुटपिट गर्ने अरुमाथि के गर्लान के शिक्षा देलान भन्दै नागरिक समाजले प्रशन गरिरहेका छन ।

सुपका प्राध्यापक यसरी समाजिक अपराधमा मुछिन थालेपछि राम्रा ईमान्दार कर्तव्यनिष्ट प्राध्यापकको समेत मनोबल खस्काउने, बदनाम गराउने काम गरेका छन । उसैपनि सुपवि गुणस्तरिय शिक्षादेखि चुस्तदुरुस्त प्रशाशननिक कामकाजमा बदनाम टिकाटिप्पणी भईरहेका बेला पुरुष शिक्षकले घरमा श्रीमती कुटन थालेपछि महिला विद्यार्थी समेत त्रसित भएका छन ।

कतिपय स्थानीयले शक्ति, पहुँचका भरमा सुपमा जागिर खाने अनि अरुलाई नैतिकता शिक्षा सिकाउने आफु अपराध कर्ममा मुछिने भन्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेका छन ।
महिला हिन्सा बिरुद्धको अभियानकै बेला सुपविका प्राध्यापकले यसरी श्रीमती कुटपिट गरेपछि महिला अधिकारकर्मीले समेत प्रशन गरिरहेका छन ।

राजनैतिक, पहुँच, शक्तिमा भरमा विश्वविद्यालय छिरेका व्यक्तिबाट घरपरिवार,समाज विश्वविद्यालयले धेरै आश गर्नु बेकार भएको समेत कतिपयको तर्क छ । उनीहरुबाट समाजले यस्तै फल पाउने तर्क समेत व्यक्त गरिरहेका छन ।

महिला अधिकारकर्मी भगवती थापाले शिक्षक जस्तो पेशामा रहेका व्यक्तिले श्रीमती कुटपिट गर्नु निन्दनिय भएको बताईन । ‘कसैले पनि कसैलाई कुटन मिलेन, प्राध्यापक, शिक्षित व्यक्तिले गस्तो गर्न सुहाउँदैन पनि, शिक्षकले विद्यालयमा हराजौँ विद्यार्थीलाई चेतना दिन्छन, यो घटनाले अब हजारौँ विद्यार्थीले के सिक्ने हो, यस्ता विषयमा समेत शिक्षक स्वयमले ध्यान दिनुपर्छ ।’

अभियानकै दौराउनमा महिलामाथि कुटपिट हुने विषय दुखद भएको बताउँदै उनले छानबिन गरेर दोषि उपरमाथि कार्बाही गर्नुपर्ने बताईन । घटनाका विषयमा पृथ्वीराज भट्टसंग उनले प्रयोग गर्ने ९८४९२९६०९८ नम्बरमा सम्पर्क गर्न फोन स्वीचअफ थियो । प्रहरीले शनिबारदेखि प्राध्यापक पृथ्वीराज भट्टको खोजि गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group