ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालनमा ल्यायो एनएसओ डाटा पोर्टल


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   २ : ३४   बजे

काठमाडौं १७ मंसिर । राष्ट्रिय तथ्याङ्क कार्यालयले एकीकृत डाटा पोर्टल एनएसओ डाटा पोर्टल सञ्चालनमा ल्याएको छ।  थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजना गरीएको एक कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी मधु सुदन बुर्लाकोटीले पोर्टल सार्वजनिक गरेका हुन्।

तथ्याङ्क ऐन, २०१५ अनुसार विक्रम संवत् २०१५ पुस १७ गते स्थापना भएको केन्द्रीय तथ्याङ्क विभाग विक्रम संवत् २०७९ मा जारी गरिएको तथ्याङ्क ऐन, २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय तथ्याङ्क कार्यालयमा परिवर्तन भएको छ ।

तथ्याङ्क ऐन, २०७९ लाई मुख्य आधार मानी कार्यालयले तथ्याङ्कीय क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।नेपालको तथ्याङ्क प्रणालीको केन्द्रीय निकायको रुपमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले नियमित रुपमा बिभिन्न गणना, सर्वेक्षण तथा अन्य विधिको प्रयोग मार्फत आर्थिक, सामाजिक तथा वातावरणीय तथ्याङ्क उत्पादन गर्दै आएको छ ।

राष्ट्रिय जनगणना, राष्ट्रिय कृषिगणना, राष्ट्रिय आर्थिक गणना, नेपाल जीवनस्तर सर्वेक्षण, नेपाल श्रमशक्ति सर्वेक्षण, राष्ट्रिय औद्योगिक सर्वेक्षण, राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण, नेपाल व्यापार सर्वेक्षण, राष्ट्रिय लेखा अनुमान राष्ट्रियतथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्कीय क्रियाकलाप हुन् ।

कार्यालयले हरेक वर्ष विभिन्न गणना तथा सर्वेक्षणहरुबाट संकलित तथ्याङ्क विश्लेषण गर्दै आर्थिक, सामाजिक वातावरणीय तथ्याङ्क प्रकाशन गर्दै आएको छ। यसरी प्रकाशित तथ्याङ्क प्रयोगकर्ताहरुलाई सहज, सरल र उपयोगी हुने ढंगले कार्यालयले प्राथमिकताकासाथ पुर्याउँदै आएको छ ।

प्रकाशित तथ्याङ्कलाई अझ बढी वैज्ञानिक र सरल ढंगले प्रयोगकर्तासमक्ष पुर्याउनका लागि कार्यालयले एक वेग्लै एकिकृत डाटा पोर्टल एन एस ओ डाटा पोर्टलको विकास गरेको छ।

कार्यालयको वेबसाईटमा रहेको तथ्याङ्क पोर्टल खण्डमा गई एन एस ओ डाटा पोर्टलमा क्लिक गरेर समेत यस पोर्टलमा पुग्न सकिन्छ । यस पोर्टलबाट कार्यालयबाट प्रकाशित सबै खालका तथ्याङ्कमा प्रयोगकर्ताको पहुँच बिस्तार भई आवश्यकता अनुसारका तथ्याङ्कहरु प्रयोग गर्न सहज हुने कार्यालयले जनाएको छ। पोर्टलमा प्रकाशित तालिकाहरु एक्सएल र सिएसभी फर्म्याटमा समेत उपलव्ध छन्।

पोर्टलमा उपलब्ध तथ्याङ्क इनफोग्राफिक्स्मा समेत प्रस्तुत गरिएको छ। पोर्टलमा विभिन्न विषयका दुई हजार ४६० भन्दा बढी डाटा सेट उपलब्ध छन्।

प्रयोगकर्ताको सहजताका लागि कृषि, आर्थिक सर्वेक्षण, वातावरण, श्रम, उद्योग, राष्ट्रिय लेखामान, गरिबी, जनसंख्या, मूल्य सूचक तथा सामाजिक गरी छुट्टाछुट्टै रुपमा बिभिन्न १२ वटा क्षेत्रगत तथ्याङ्क पोर्टलमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group