ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौरीशंकरको उपाध्यक्षमा माओवादी उम्मेदवार दोब्बर मतले अघि


एबीसी न्यूज
१७ मंसिर २०८१, सोमबार   २ : ३७   बजे

काठमाडौं १७ मंसिर । दोलखाको गौरीशंकर गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ।

आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा माओवादीकी उम्मेदवार निमलेकी शेर्पा करिब ४ सय मतान्तरले अघि लागेकी हुन्।

निमलेकीको पक्षमा ८ सय ९ मत प्राप्त भएको छ भने उनलाई एमालेकी उम्मेदवार उमा मगर शेर्पाले पछ्याइरहेकी छिन्। उनको पक्षमा ४ सय ४७ मत प्राप्त भएको छ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार पाशदिकी तामाङ शेर्पाको पक्षमा २ सय ४० मत प्राप्त भएको मुख्यम निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यसैगरी गौरीशंकरमा रास्वपाको गोमा श्रेष्ठले १८ मत ल्याएकी छिन्।

गौरीशंखर गाउँपालिकाका तत्कालिन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो।

उनी नेपाली कांग्रेसको तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए। उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन भएको हो।

गौरीशंकरमा आइतबार उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा १५ हजार ७ सय १८ मतदातामा ७ हजार ५ सय ८९ मत खसेको थियो। उक्त पालिका उपाध्यक्ष बन्न राजनीतिक दलका र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यसअघि कांग्रेसबाट निर्वाचित गौरीशंकरका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएपछि त्यहाँ निर्वाचन भएको हो।

०७९ को निर्वाचनमा गौरीशंकरको अध्यक्षमा माओवादीबाट विश्वास कार्की निर्वाचित हुँदा कांग्रेसबाट तामाङ विजयी भएका थिए। यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको थियो।

कांग्रेसका तामाङले उपाध्यक्षमा ४ हजार ७ सय ४१ मत ल्याएर निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन्।

गत निर्वाचनमा प्राप्त मत नतिजा हेर्दा यहाँ माओवादी केन्द्र पहिलो शक्तिको रुपमा देखिन्छ। अध्यक्षसहित वडा नम्बर १, २, ३, ७ र ८ माओवादीले जितेको छ। कांग्रेसले ४, ६ र ९ जितेको छ भने एमालेका उम्मेदवारले ५ नम्बर वडामा मात्रै जित निकाल्न सकेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu