काठमाडौं १७ मंसिर । काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ । डङ्गोल नेकपा एमालेका उम्मेदवार डा। सुरेन्द्र मानन्धरभन्दा ५ सय १४ मतले अघि हुनुहुन्छ । एमालेका मानन्धरले १ हजार ३ सय ७८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले १ हजार १ सय ८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जन ९मानव० ले ४ सय १८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्