ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम, अनुदानले अड्कायो


एबीसी न्यूज
१८ मंसिर २०८१, मंगलबार   ५ : ०२   बजे

काठमाडौं १८ मंसिर । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ सम्झौतामा हस्ताक्षर हुने सम्भावना कम भएको छ ।

नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित कार्यदलले तयार पारेको मस्यौदामा चिनियाँ पक्षले संशोधन गरेर पठाएपछि दुई देशका प्रधानमन्त्रीहरुबीच भएको दुईपक्षीय वार्ताका क्रममा सो सम्झौतामा हस्ताक्षर नभएको हो ।

भ्रमण दलमा सहभागी एक अधिकारीका अनुसार अब प्रधानमन्त्रीको भ्रमणको क्रममा त्यो सम्झौतामा हस्ताक्षर हुने सम्भावना एकदमै कम छ ।

चीनले मंगलबार बिहान मात्रै नेपालले प्रस्ताव गरेको मस्यौदामा केही परिमार्जन गरेर पठाएको थियो । खासगरी सरकारले निर्माण गर्ने बीआरआई अन्तर्गतका परियोजनाहरु ‘अनुदानमा आधारित लगानी’मा गर्ने प्रस्ताव नेपालले गरेकोमा चीनले अनुदान शब्द हटाएर पठाएको प्रतिनिधिमण्डल स्रोतले अनलाइनखबरलाई बतायो ।

 

त्यसका साथै, नेपालले सम्झौतामा प्रस्ताव गरेका परियोनजामध्ये दुईवटा परियोजनाको नामसमेत चिनियाँ पक्षले हटाएर पठाइदिएका थिए । ‘मदन भण्डारी प्राविधिक विश्वविद्यालय र काठमाडौं रिङरोडमा प्रसारण लाइन बनाउने विषय पनि सम्झौताको मस्यौदाबाट हटाएर पठाएका छन्,’ स्रोतले भन्यो ।

परियोजनाको नाम हटाएको विषयलाई नेपालले सहजै स्वीकार गरे पनि अनुदान शब्द हटाएको विषयमा भने सहमति हुन नसकेको स्रोतको भनाइ छ ।

यसअघि नेपालले सम्झौताको मस्यौदा बनाउने क्रममा अनुदान शब्द राख्नेबारे चीनसँग पनि पर्याप्त छलफल भएको र त्यसमा उनीहरुले सकारात्मक सन्देश दिएको थियो । त्यही आधारमा परराष्ट्र मन्त्रालयले सम्झौताको मस्यौदा चीन सरकारलाई पठाएको थियो ।

तर, सम्झौता हुने दिन बिहान चीनले ‘अनुदान’ शब्द नै हटाएर पठाएपछि नेपाली प्रतिनिधिमण्डल बिलखबन्दमा परेका थिए ।

‘नेपालमा नेपाली कांग्रेस र एमालेबीच अनुदान शब्दमा नै लामो छलफल भएर राखिएको हो, त्यो शब्द नराख्दा नेपालमा राजनीतिक सहमति पनि हुनुपर्ने अवस्था छ,’ स्रोत भन्छ, ‘त्यसो हुँदा अनुदान शब्द हटाउँदा त्यसको विकल्पमा नेपालले विभिन्न वाक्य तथा शब्दहरु प्रस्ताव गरेर पठाएकोमा चिनियाँ पक्ष त्यसमा सहमति भएको छैन ।’

तर, अझै पनि सम्झौताको मस्यौदा आदान प्रदान भइरहेकाले आजै वा भोलिसम्म छुट्टै कार्यक्रम आयोजना गरी सम्झौता हुने झिनो सम्भावना पनि बाँकी रहेको बेइजिङ स्रोत बताउँछ ।

सम्झौताको विषयवस्तुमा दुई मुलुकबीच सहमति हुन नसक्दा त्यसबाहेकका ९ वटा सम्झौतामा मंगलबार बिहान दुई प्रधानमन्त्रीबीच भएको दुईवक्षीय वार्ताका क्रममा हस्ताक्षर भयो ।

अब दुई देशबीच सम्झौता गर्ने अर्को औपचारिक कुनै कार्यक्रम नरहेकाले यसपटक सो सम्झौतामा हस्ताक्षर हुने सम्भावना क्षीण भएको बेइजिङ स्रोत बताउँछ ।

तर, प्रधानमन्त्रीको भ्रमणको अन्तिम दिन सार्वजनिक हुने संयुक्त वक्तव्यमा भने ‘बीआरआईअन्तर्गत परियोजनाहरु अघि बढाउन दुई मुलुक सहमत भएको’ भन्ने वाक्य पर्ने पनि बेइजिङ स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group