काठमाडौं १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका क्रममा नेपालले दुई ठूला परियोजनाका लागि सहयोग मागेको छ। सरकारका तर्फबाट प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापामा एक भव्य खेलकुद रंगशाला निर्माण गर्न र पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दलका नेता शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा सिटी हल बनाइदिन चीनलाई औपचारिक रूपमा आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्