ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित युवक पक्राउ


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ८ : ०१   बजे

काठमाडौं २४ मंसिर । प्रहरीले गढीमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।  आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।

गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो ।

प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।

बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu