ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीमान्, रातारात अपहरण शैलीमा पोखरा ल्याइयो-रवि लामिछाने


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ८ : १२   बजे

काठमाडौं २४ मंसिर ।   सहकारी ठगीको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने यतिखेर कास्की प्रहरीको हिरासतमा छन्।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनलाई यसबीचमा बुटवल, काठमाडौँ, चितवन हुँदै फेरि पोखरा पुर्‍याइएको हो। यसपछि वीरगन्ज लैजाने तयारी छ।

जीबी राई समूहले सञ्चालन गरेका पाँच जिल्लाका पाँचवटा सहकारीको रकम ठगी गरेको आरोप उनीमाथि छ।

यसैक्रममा प्रहरीले कास्की जिल्ला अदालतबाट आइतबार थप ४ दिन हिरासतमा राख्ने म्याद पाएको छ। म्याद थपअघि इजलासमा रविले न्यायाधीशसमक्ष आफ्ना कुरा राखेका थिए।

त्यस क्रममा उनले काठमाडौँबाट चितवन हुँदै पोखरा लैजाँदाको विवरण बेलिविस्तार लगाएका थिए।

रविको भनाइ
बयानका लागि काठमाडौँ लगियो। काठमाडौँमा तीन दिन बिताएँ। सक्काउन अलि छिटो गरिदिन भन्नुभयो, मैले समयको प्रवाह गरिनँ। अन्तिम दिन रातिसम्मै बयान भयो। भोलिपल्ट १० बजे चितवन लैजाने भनिएको थियो। तर, बिहानै उठाएर खेदाउने काम भयो।

भन्नलाई त मलाई पोखराबाट चितवन लैजाने भनिएको थियो। तर, रातारात निर्णय परिवर्तन भएर चितवन लगिएको रहेछ। जिल्ला प्रहरी कार्यालय, चितवन पुगेपछि मेरो स्वास्थ्य परीक्षण गराउनुपर्थ्यो। तर, त्यहाँ मैले कुनै अस्पताल देखिनँ, परीक्षण त परको कुरा

चितवन पुगाएकै दिन बयान सुरु भयो। टाउको दुखिरहेको थियो। तर पनि बयान दिएँ। भोलिपल्ट पनि बिहानबाटै बयान भयो। बिहान करिब साढे ८ बजेबाट राति ९ बजेसम्म बयान भयो। दोस्रो दिन पनि टाउको दुखेको निको भएको थिएन। मैले एसपी(डीएपीकै औषधि खाएको थिएँ। गाह्रो हुँदा पनि बयानमा सहयोग गर्दिनँ भनिनँ। राति अबेर मलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय फर्काइयो।

पार्टीका साथी र शुभचिन्तक आउनुभएको रहेछ। एक छिन कुराकानी गरेँ। करिब १० बजेतिर म आराम गर्न गएँ।

केही समयपछि मलाई बोलाउन आउनुभएका एसपी प्रहरी महानिरीक्षकको फोन आयो भनेर कोठाबाट बाहिरिनुभयो। बाहिरिँदै गर्दा एसपी साप’को फोनमा आएको आवाज मैले सुनेँ र चिनेँ पनि। उहाँले मलाई नै इंगित गरी अपशब्द प्रयोग गरेर ‘अहिल्यै लिएर जा ।।।’ भन्नुभयो।

‘माथिबाटै दबाब आयो हजुर, यसरी लान मिल्दैनभन्दा पनि जसरी नि लैजा भनिएको छ,’ एसपीले भन्नुभयो। डीएसपीले पनि त्यसैगरी तथानाम गाली खाएको मैले सुनेँ।

मलाई गाह्रो भएको छ, आराम गर्न दिनूस् भनेर पटकपटक आग्रह गरेँ। बिहान तपाईंकै अगाडि औषधि खाएको छु, मेरो प्रेसरको अवस्था त्यो अवस्थामा थियो, तपाईंहरूले थाहा पाइहाल्नुभयो होला। मलाई अस्पताल लगेर चेक गर्नूस् भनेँ। तर, उहाँहरूले सुन्नुभएन।

लैजाने नै भए मेरो परिवार, वकिल र पार्टीका साथीहरूलाई जानकारी दिनूस्, एक कल मात्र गर्न दिनुस् भनेँ तर उहाँहरूले दिनुभएन। कसैलाई खबर गर्न दिनुभएन।

त्यसपछि केही प्रहरी आएर जाउँजाउँ भन्दै मेरो हात तान्न थाले। आएकामध्ये एकजना बोल्दा मदिराको गन्ध आयो। मलाई नछुनूस् भन्दै म बिस्तारै तल ओर्लिएँ।

मलाई प्रहरी हिरासतबाटै उठाइयो। मेरो अवस्था सामान्य छैन, एकपटक स्वास्थ्य परीक्षण त गरिदिनूस् भनेर भनेँ। तर, मानेनन्। मैले बरु भोलि साढे १० बजेको फ्लाइट रहेछ, तपाईं ७ बजे नै एयरपोर्ट गइदिनुहोस् भन्नुहुन्छ भने पनि गइदिन्छु भनेँ। तर पनि उहाँहरू मान्नुभएन। म आराम गर्दा जुन कपडामा थिएँ, त्यसैमा गाडीमा हालियो।

चितवनबाट कास्की जबरजस्ती ल्याइयो श्रीमान्।

मलाई लिएर आउने प्रहरी बाटोभरि निदाए। म चालक ननिदाऊन् भनेर गफ गर्दै आएँ। चालकलाई कहाँ लैजाँदै हुनुहुन्छ भनेर सोधेपछि मात्रै पोखरा ल्याउँदै गरेको थाहा पाएँ।

त्यसपछि प्रहरीलाई एक कल फोन गर्न दिनूस् भनेँ, दिनुभएन। अनि मलाई डर भयो, के गर्न खोजिएको हो भनेर१

पोखरा ल्याएपछि अस्पताल लगियो। अस्पताल पुगेपछि मलाई त्यहाँ सोधियो( तपाईं कुनै औषधि खानुहुन्छ, कुनै दीर्घरोग छ, कतै चोटपटक छरु

मैले ब्लड प्रेसर चेक गर्नुहुन्न भनेर सोधेँ। त्यसपछि नापियो। १८०र९० रहेछ।

बिहानदेखि बेलुकासम्मको बयान अनि मिडिया ट्रायल१ ठाउँठाउँमा उजुरी हाल्न लगाइएको छ। अदालतले म्याद थपेको थप्यै छ। परिवारलाई, वकिललाई खबर गर्न दिइएको छैन। यी सबै कुराले प्रभावले पनि स्वास्थ्य अवस्था बिग्रिएको थियो होला।

पोखरामा ल्याएर पनि बोलेको भरमा मेडिकल जाँच गर्न लाग्दा मेरो प्रेसर पनि चेक गरिदिनुहोस् न भनेपछि मात्रै चेक भयो।

बयानका लागि ठाउँठाउँ लैजाँदा गरिएको ‘मिडिया ट्रायल’ तपाईंले थाहा पाइराख्नु भएको नै छ। परिवारलाई समेत दोष लगाएर समाचार लेखिए। हुँदै नभएको विषयका समाचार आए। निरन्तरको दबाद र ‘मिडिया ट्रायल’का बाबजुद मैले अनुसन्धानलाई सघाइरहेको छु।

मेरा परिवार, वकिल र पार्टीलाई समेत जानकारी नदिई मलाई रातारात अपहरण गरेको शैलीमा पोखरा ल्याइयो। यसले पनि प्रष्ट हुन्छ, यो मुद्दामा कति दबाब छ भन्ने।

मैले लेखेका चिजहरू, डायरीहरू हराएको छ। फिर्ता नपाए त्यो फेरि लेख्न सक्छु।

यति लामो समय मलाई थुन्दा, मैले नष्ट गर्न सक्ने खै के प्रमाण भेटियो श्रीमान्रु मविरुद्ध निरन्तर राज्य लागेको देख्दा दुःखका साथ भन्नैपर्ने हुन्छ, सत्यका लागि न्यायालयको कठघरामा आएको छु। मलाई सरकारले कुल्चेको न्यायालयले हेरिरहेको छ। त्यसैले म निराश भएको छैन। म निरन्तर राज्यको खेदाइमा परिरहेको छु श्रीमान्।

मुद्दा कसरी गएको छ, राज्य कसरी लागेको छ भन्ने कुरा संसारले बुझेकै छ। त्यो सत्य सम्मानित अदालतले पनि चिन्ला, हेर्ला र देख्ला भन्ने ठानेको छु। मेरो अन्तिम आस न्यायालय मात्र हो।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निचोड छ कि सहकारीबाट रकम ल्याउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको सहभागिता र संलग्नता देखिएन। विशेष समितिको त्यो निष्कर्षविपरीत सहकारी ठगी भनेर पक्राउ गरिएको छ। अनुसन्धान गर्न २५ दिन पर्याप्त नभएको भन्दै ६० दिन पुर्‍याएको छ। त्यसले पनि नपुगेपछि ९० भनियो। त्यतिले पनि नपुगेपछि ठाउँठाउँमा जाहेरी हाल्न लगाएर, जिल्ला–जिल्ला हिँडाएर दुःख दिएको कुरालाई सम्मानित इजलासले कसरी हेरेको छ श्रीमान्रु

म निरीह कहिल्यै पनि हैन। म सौहार्द वातावरणमा निश्पक्ष छानबिन होस् भन्ने चाहेर सबै कुरा सहेर बसेको छु। ममाथि राज्यले षड्यन्त्र गरेको छ। ममाथि गम्भीर मानव अधिकारको हनन भएको छ। यो कुरा मैले श्रीमानलाई नभनेर कसलाई भन्ने ?

आज राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयका महत्त्वपूर्ण छलफल भइरहँदा, मुलुकको चौथो राजनीतिक पार्टीको सभापति, सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएको सांसद म्याद थपमाथि थप भएर थुनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group