ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन – गृहमन्त्री लेखक


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   १ : ३७   बजे

काठमाडौं २४ मंसिर । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

‘अपराध गर्नेहरू सबै कानुनी दायरामा आउनु पर्छ । भ्रष्ट्राचार र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ,’ मन्त्री लेखकले भने, ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौता पनि हुन सक्दैन ।’

उनले सरकारी सेवा प्रवाहमा समस्या रहेको भन्दै त्यसलाई थप सुदृढ बनाउन समेत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरू निर्देशन दिए । ‘जनतामा डेलिभरीको समस्या छ । महँगी नियन्त्रण, सड्क दुर्घटना, लागु औषध नियन्त्रणदेखि गिटीबालुका उत्खनन रोक्ने सम्मका जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने, ‘हामी सबै चनाखो भएर काम गर्नुपर्ने छ ।’

उनले लोकतन्त्र अनुशासनको पद्त्ति भएको तर अराजकताको व्यवस्था नभएको बताए । पछिल्लो समय व्यक्तिको चरित्र हत्या गर्ने, विभिन्न जाति, धर्म र क्षेत्रको बिचमा दोष गर्ने खालका गतिविधि बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नेतिर केन्द्रीत हुन् सुरक्षा निकायलाई निर्देशन दिए ।

 

अपराध गर्ने सबै कानुनको दायरा भित्र आउनुपर्ने उनले बताए । सेवा प्रवाह गर्दा ख्याल गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए । ‘सेवाग्राहीको काम कसरी नहुने भन्दा पनि कसरी हुने भन्ने कुरामा ध्यान दिनुहोस्,’ प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘अबको एक महिना भित्र नयाँ कार्य योजना र एजेन्डा दिनुहोस् ।’

गृहमन्त्री लेखकले देशमा अस्थिरता बढेपछि कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार बनाएको बताए । मुलुकमा काँग्रेस र एमालेले विशेष परिस्थितिमा गठबन्धन गरेर सुःखद परिणाम प्राप्त गरेको इतिहास रहेको भन्दै उनले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए ।

‘हामी स्थिर सरकारका लागि एक ठाउँमा उभिएका हौँ । एक दुई जनालाई मन्त्री बनाउन सरकारमा गएका हैनौँ,’ उनले भने, ‘देशमा अस्थिरताका कारण अराजकता मच्चिने स्थिति आयो । त्यसका लागि दुई ठुला दलहरू एक ठाउँमा आउनु परेको हो ।’

उनले इतिहासमा काँग्रेस र एमाले मिल्दा नरुकुंश पञ्चायत व्यवस्था ढलेको, सशस्त्र सङ्घर्षलाई मिलेर शान्तिमा रूपान्तरण गरेको र राजाले निरुकुंता लाद्दा मिलेरै मुलुकमा लोकतन्त्र स्थापना गर्दै संविधान बनायाको दाबी समेत गरे ।

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सोमबारदेखि सुरु भएको छ । गोष्ठीमा सहभागी हुन गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणी दुवाडी, तीनै तहका सुरक्षा निकायका प्रमुख सुर्खेत पुगेका छन् । गोष्ठीमा प्रदेशसँगै कर्णालीका १० वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।

गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको विषयमा छलफल हुने छ । योसँगै प्रदेशको बढ्दो सवारी दुर्घटना र यसको न्यूनीकरणको उपायबारे पनि छलफल हुन बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group