ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा भारतीय दूतावासको सांस्कृतिक महोत्सव


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   २ : ३२   बजे

लुम्बिनी, २४ मंसिर । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत(नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। लुम्बिनी विकास कोषसँगको सहकार्यमा भारतीय राजदूतावासले आइतबार लुम्बिनीमा सांस्कृतिक महोत्सव गरेको हो।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले महोत्सवको उद्घाटन गर्दै बुद्व जन्मस्थल लुम्बिनी विश्वका शान्तिमार्गीहरूको पवित्र स्थल रहेको बताए।

महोत्सवमा स्वागत गर्दै भारतीय राजदूतावासका मिसन नेपाल उपप्रमुख प्रसन्न श्रीवास्तवले लुम्बिनी बुद्वको जन्मस्थल भएकाले यहाँबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी गराउन संस्कृति महोत्सव गर्ने गरिएको बताए।

यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे छिरिङ०, पूर्वमन्त्री तथा काग्रेस नेता भरत शाह, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र प्रसाद शर्मा लगायतको उपस्थिति थियो।

महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहको भेलामा खड्का र शेखर अनुपस्थित

पाँचतारे होटलमा ग्यास मौज्दातबारे टिप्पणीप्रति चेम्बरको आपत्ति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu