ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातादेखि ८ डीआईजी कामविहीन


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ५ : ०१   बजे

काठमाडौं २४ मंसिर । प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बाट प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा भएको एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन ।

१७ मंसिरमा गृहमन्त्रीस्तरीय निर्णयबाट आठ प्रहरी अधिकृत डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका थिए । सोही दिन प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक ९आईजी० बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्दै व्यवसायिक ढंगले काम गर्न निर्देशन समेत थिए ।

‘पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको छ । राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यवसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुनेछ भनि विश्वास लिएको छु’ आईजी कुँवरले भनेका थिए ।

तर पदोन्नती भएको एक साता बितिसक्दा समेत आठ डीआईजीहरू अहिले कामविहीन बनेका छन् । प्रहरी प्रधान कार्यालय गएर दैनिक हाजिर लगाएर फर्काउने बाहेक उनीहरूको काम हुन सकेको छैन ।

 

कामविहीन हुने डीआईजीहरूमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको बढुवा, सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीलाई हुन्छ । तर गृहमन्त्री रमेश लेखकले एक साता बित्दासम्म बढुवा भएका आठ डीआईजीहरूको पदस्थापन गर्न सकेका छैनन् ।

सामान्यतयाः यसअघि बढुवा गरिएकै बेला पदस्थापन पनि सँगै हुने गरेको थियो । तर प्रदेश र केही महत्त्वपूर्ण ठाउँहरूको इन्चार्जमा जाने प्रहरी अधिकृतहरुको लबिइङका कारण डीआईजीहरूको अहिलेसम्म पदस्थापन हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu