काठमाडौं २४ मंसिर । सोमबार सेयर बजार परिसूचक नेप्से १२।८४ अंकले घटेर दुई हजार ६७६।१५ विन्दुमा पुगेको छ । अहिलेको सरकार ढल्ने हल्लाले गर्दा सेयर बजारमा ठूलो असर परेको छ ।
बैंकिङ ६, विकास बैंक ३९, होटल तथा पर्यटन ५५, अन्य १६, हाइड्रोपावर १९, जीवन बीमा २२२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १५१, र ब्यापार उपसमूह ६४ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स ५, उत्पादन ७१ र अन्य उपसमूह २ अंकले बढेको छ ।
आज स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इमर्जीङ नेपालको सेयर ८।७६ प्रतिशतले बढेको छ ।
यस दिन ३१७ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर ५ अर्ब ६२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्