ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेसँग भोलिबाट पर्सा प्रहरीले लिनेछ बयान


एबीसी न्यूज
२४ मंसिर २०८१, सोमबार   ९ : २९   बजे

काठमाडौं २४ मंसिर । सहकारी ठगीमा संलग्न रहेको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्सा पुर्‍याएको छ ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि मंगलबारदेखि बयान सुरु हुनेछ । ‘सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले आज सोमबार देखि बयान भएन, भोलिबाट सुरु गर्छौं’, उनले  भने ।

यही मामिलामा जोडिएका प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि अहिले पर्सामा छन् । विभिन्न व्यक्तिका नाममा ऋण लिएर सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा लगिएको अनुसन्धानबाट भेटिएको छ । अनियमितता भएको रकम खर्च हुँदा रवि, छवि लगायत गोर्खा मिडिया नेटवर्कमा सञ्चालक थिए ।

 

मुख्य आरोपी जिबी राई भने हालसम्म फरार छन् । वीरगञ्जको सानो पाइलामा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा पुगिसकेको थियो । यद्यपि, फेरि अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले फाइल खोलेको थियो ।

प्रहरीले यसअघि सुर्यदर्शन सहकारी ठगी प्रकरणमा पोखरा, स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं र सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको अनियमिततामा लामिछानेको बयान लिइसकेको छ ।

लामिछानेलाई प्रहरीले २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेर पोखरा लगेको थियो ।

संगठित सहकारी ठगीको कसुरमा मात्र भए लामिछाने लगायतको अनुसन्धान प्रतिवेदन यतिबेला प्रहरीले सरकारी वकिल कहाँ बुझाइसक्नु पर्थ्यो ।

तर, अहिले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐनविपरीतको कसुरमा अनुसन्धान भइरहेकाले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने स्थिति छ । यद्यपि, पर्सामा बयान भएपछि अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएको प्रहरी अधिकृतहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu