ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज अनुसन्धान अधिकृत र सरकारी वकिलले रवि लामिछाने र छवि जोशीसँग बयान लिने


एबीसी न्यूज
२५ मंसिर २०८१, मंगलबार   ८ : ३८   बजे

काठमाडौं २५ मंसिर । सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार वीरगन्ज ल्याइएको छ । वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी ठगी आरोपमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको हो ।

लामिछानेलाई पोखराबाट जहाजमा काठमाडौं हुँदै सिमरा पुर्‍याइएको र त्यहाँबाट सडकमार्फत वीरगन्ज ल्याइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले बताए । सिमरा विमानस्थल र जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि केहीबेर रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई पनि सहकारी ठगीमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएको प्रहरीले जनाएको छ । डीएसपी लम्सालका अनुसार मंगलबार अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछाने र जोशीसँग बयान लिनेछन् । बयान सकिएपछि दुवैलाई पोखरा पठाइनेछ ।

वीरगन्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा ८ करोड ५८ लाख रुपैयाँ जम्मा गरेको पाइएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानोपाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो । लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशकको भूमिकामा थिए ।

२०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको समितिको प्रतिवेदनमा उल्लेख छ । जोशीका नाममा पनि उक्त सहकारीबाट १ करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको समितिको अनुसन्धानमा देखिएको छ । यसबाहेक सानोपाइलाबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रूपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ ।

डेढ वर्ष अगाडि उजुरी दर्ता गराउने बेला गोर्खा मिडियामा सानोपाइला सहकारीबाट रकम सारिएको प्रमाण नहुँदा निवेदनमा नाम समावेश गर्न नसकिएको बचतकर्ताले बताए । ‘त्यसबेला प्रमाण नपुग्दा प्रहरीले सहकारीको सञ्चालक समिति र कर्मचारीविरुद्ध उजुरी दर्ता गर्‍यो,’ बचतकर्ता विक्रम अग्रवाल भन्छन्, ‘गोर्खा मिडियाको नाम राख्न खोज्दा प्रहरीले प्रमाण माग गरेको थियो । प्रमाण नहुँदा नाम हटाउन बाध्य भयौं ।’

एक सय ७९ बचतकर्ताले सानोपाइलाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता गराएका थिए । सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायिक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी १ करोड १० लाख धरौटीमा रिहा भएकी थिइन् । यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रहरीका अनुसार सानोपाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु जीबी० राईलगायत ११ जना फरार छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu