काठमाडौं २६ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ४५।८८ अंकले बढेर दुई हजार ७१५।७१ विन्दुमा पुगेको छ ।
बैंकिङ ४८, विकास बैंक ९२, फाइनान्स ६०, होटल तथा पर्यटन ७०, हाइड्रोपावर ६९, जीवन बीमा १३८, निर्जीवन बीमा १३२, माइक्रोफाइनान्स २१, उत्पादन ४१, अन्य ११ र ब्यापार उपसमूह ७७ अंकले बढेको छ ।
आज न्यादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९।९७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि खानीखोला हाइड्रोपावरको सेयर ९।९९ प्रतिशतले घटेको छ ।
यस दिन ३०८ कम्पनीको एक लाख ३८ लाख कित्ता सेयर ५ अर्ब ५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्