ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैशाखमा कन्चनजंघा ‘भ्यू पोइन्ट’मा सिरिजंघा महोत्सव हुदै


मनिषा लामिछाने
२८ मंसिर २०८१, शुक्रबार   १० : २०   बजे

काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पर्यटन प्रर्वद्धन गर्ने उद्देष्यका साथ आगामी बैशाखमा विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्बोच्च हिमाल कन्चनजंघा जाने पदमार्गमा पर्ने नयाँ झोडेनीमा सिरिजंघा महोत्सव आयोजना गर्ने भएको छ ।

उक्त महोत्सव आयोजक सचिवालय समितिले गत मंसीर २३ गते सम्पन्न पालिकाको कार्यपालिका बैठकमा पेश गरेको महोत्सव आयोजना गर्ने मिति र स्थानसहितको प्रस्ताव सोही बैठकबाट सर्वसम्मतीले स्वीकृत गरिएको थियो ।

नयाँ झोडेनीमा आगामी बैशाख १३ देखि १५ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा ४५०० मिटर उचाइको म्याराथुन प्रतियोगीता र साँस्कृतिक कार्यक्रम गर्ने कार्ययोजना रहेको छ ।

म्याराथुन प्रतियोगीताका लागि प्रारम्भिक रुपमा नयाँझोडेनी र मछेवा विचको दुरी कायम गरिएको र यो स्थान कन्चनजंघा हिमश्रृंखला दृष्यावलोकनका लागि सबैभन्दा उत्तम ‘भ्यू पोइन्ट’ मानिन्छ । सो समयमा झण्डे डाँडाबाट मकालुदेखि कन्चनजंघासम्मको लामो सुन्दर हिमश्रृंखला अवलोकन गर्न सकिने, राष्ट्रिय फूल लालीगुराँस र चिमालले छपक्क छोपेको पहाड, पहाडको शिरैमा सेताम्मे हिमाल, चौँरी र याकजस्ता हिमाली जनावरसंगै हिमाली धुपी र सल्लाहरुले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक र लोभलाग्दो बनाएको हुन्छ । यहाको दुर्लभ प्राकृतिक सौन्दर्यता देखेपछि यात्राको थकान सजिलै मेटिन्छ ।

आन्तरिक पर्यटकहरुमा हिमाल हेर्ने रहर भएता पनि त्यो जोखिमपुर्ण हुने भ्रम रहेकोले उक्त भ्रमलाई चिर्दै कम खर्चमा सहज तरिकाले नजिकबाट हिमश्रृंखलाको अवलोकन गराउदै आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उदेष्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

सिरिजंघा गाउँपालिकाले निर्माण गरिरहेको याम्फुदिनको आम्जिखोलादेखि कन्चनजंघा बेस क्याम्पसम्मको साहसिक पदमार्गको अनुगमन तथा महोत्सव आयोजनाको सम्भाव्यता अध्ययनमा निम्ति गत कार्तिक महिनामा अनुगमन, अवलोकन तथा भ्रमण कार्य सम्पन्न गरि तयार पारिएको प्रतिवेदनकै सिफारीश बमोजिम आगामी बैशाखमा सिरिजंघा महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवबाट कन्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group