काठमाडौं १ पुष । काठमाडौँ महानगरपालिकामा आज पुस १ गते शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।
सिंहले वि।सं। २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्