ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंले टिम बनाएर व्यवसायीलाई धम्क्याएको प्रहरी अनुसन्धानको निष्कर्ष


एबीसी न्यूज
१ पुस २०८१, सोमबार   ४ : ०८   बजे

काठमाडौं १ पुष ।   मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीले अनुसन्धानका क्रममा निष्कर्ष निकालेको छ ।

भारतमा बसेर व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईं र अरू ३ जनाको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

लरेन्स विश्नोइको नाममा धम्की दिन समूह नै परिचालन गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रसाईं विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान सुरु गरेको छ । एउटा कसुरमा संगठित अपराध जोडिएपछि ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार प्रहरीलाई हुन्छ ।

अहिले उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘कानुनी रूपमा उहाँलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने अवस्था छ ।’

प्रसाईं निकट हरिचन्द्र फुयलले व्यवसायीलाई धम्क्याउन आफूलाई प्रसाईंले ५ लाख दिएको बयान दिएका छन् । उनले भनेका छन्, ‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन् ।’ तर, प्रसाईंले बयानमा सो कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

फुयलमाथि अनुसन्धान गर्दै जाँदा प्रसाईंले परिचालन गरेका थप ३ जनाको कनेक्सन भेटिएको छ । नेपालमै रहेका थप दुई जना र विदेशमा बस्ने १ जनाले प्रसाईंको योजनालाई सघाएका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गर्ने प्रयास गरिरहेको छ ।

रकम असुलेको आशंका

मारवाडी समुदाय र राष्ट्र बैंकका उच्च अधिकृतहरूलाई प्रसाईंको समूहले धम्क्याएको प्रहरीको अनुसन्धानबाट खुलेको भएको छ । सामाजिक सञ्जाल ‘ह्वाट्स एप’ मार्फत आफूलाई धम्की आएको भनेर ६ जनाले प्रहरीलाई जानकारी गराएका छन् । तर, प्रसाईंको समूहले अन्य व्यवसायीलाई पनि धम्की दिएर रकम असुलेको हुनसक्ने प्रहरीको आशंका छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘हामीकहाँ रिपोर्ट नगरेका व्यवसायीबाट प्रसाईंले रकम असुलेको हुनसक्छ ।’

असोज २१ मा सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण भएको थियो । सो आक्रमण प्रसाईंले नै गराएको अनुसन्धान अधिकृतहरू बताउँछन् । तर, प्राविधिक पक्षबाट पुण्यलाई आक्रमण गराउन प्रसाईंको हात भएको तथ्य प्रहरीले फेला पार्न सकेको छैन । गौतममाथि आक्रमण गरेपछि उनले अन्य व्यवसायीलाई पनि आक्रमण गर्ने धम्की दिएर रकम असुलेको प्रहरीको आशंका छ ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा प्रसाईं धरौटीमा छुटेपनि अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएकाले उनी फेरि प्रहरी हिरासतमै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu