ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   ४ : ३७   बजे

काठमाडौं ४ पुष । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपिएल० को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो ।

उहाँले १७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा उक्त रन जोड्दै जनकपुरलाई जितको आधार तय गर्नुभएको हो । यस्तै हर्ष थाकरले १७, शेर मल्लले अविजित १६, मायन यादवले १४ र आकाश त्रिपाठीले १३ रन बनाउनुभयो ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिनुभयो । कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीका अनुबन्ध गरेको १६ वर्षीय शर्माले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गदै १७ रन खर्चिनुभयो । सोमपाल कामी, विलियम बसिस्टो र जिसम मक्सुदले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो ।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाउनुभयो । यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२र१२ तथा चादविक वाल्टनले ११ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिनुभयो । हर्ष थाकर र शेर मल्लले एक एक विकेट झार्नुभयो ।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । पराजित कर्णालीले तेस्रो बन्यो । प्लेअफमा पुगेको चितवन राइनोज चौथो भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिमलधारामा ठूलो पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, नारायणगढ–काठमाडौं आवागमन ठप्प

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu