ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स ट्रफीका खेल भारतले पाकिस्तानमा नखेल्ने


एबीसी न्यूज
४ पुस २०८१, बिहिबार   ६ : ५५   बजे

काठमाडौं ४ पुष । च्याम्पियन्स ट्रफी र सन् २०२४ देखि २०२७ सम्मको आईसीसी प्रतियोगिता हाइब्रिड मोडलमा हुने भएको छ । जसअनुसार आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तान नजाने भएको छ ।

भारतका खेलहरू हाइब्रिड मोडलमा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यस्तै भारतमा आयोजना हुने आईसीसी प्रतियोगिताका लागि पाकिस्तानका खेलहरू भारतभन्दा बाहिर नै आयोजना हुनेछ ।

यो सम्झौता पाकिस्तानमा आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफी, आउँदो वर्ष नै भारतमा हुने महिला एकदिवसीय विश्वकप, सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा लागू हुनेछ । यो सम्झौता सन् २०२८ मा हुने महिला टी–२० विश्वकपमा पनि लागू हुनसक्ने खबरमा उल्लेख छ ।

प्रतियोगिताका लागि तटस्थ स्थान आयोजक बोर्डले प्रस्ताव गर्ने र आईसीसीले अन्तिम स्वीकृति दिने छ । आउँदो वर्ष हुने च्याम्पियन्स ट्रफीको सन्दर्भमा पाकिस्तान क्रिकेट बोर्ड पीसीबी० प्रस्ताव पारित भएको २४ घण्टाभित्र तटस्थ स्थान प्रस्ताव गर्नुपर्छ । च्याम्पियन्स ट्रफीका लागि भारतका खेलहरू यूएई, श्रीलङ्कामा हुनसक्ने उल्लेख छ । प्रतियोगिताको पूर्ण आयोजना अधिकार पीसीबीसँग हुनेछ ।

भारतले सुरक्षा कारण देखाउँदै पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न जान नसक्नेबारे आईसीसीलाई जानकारी गराएको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत, पाकिस्तान, अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका गरी आठ वटा देश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

सम्बन्धित

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

पाँच बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा, बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu