ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’


एबीसी न्यूज
५ पुस २०८१, शुक्रबार   ५ : ०५   बजे

काठमाडौं ५ पुस । एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हराएको हो। यो जितसँगै ३(० को नतिजा निकाल्दै नेपालले सिरिजमा ‘क्लिन स्वीप’ गरेको हो।

यसअघि पहिलो खेलमा तीन विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई दुई सय २६ रनले हराएको थियो।

अन्तिम खेलमा नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक बनाए। सूर्याम्सु कोइरालाले सर्वाधिक ६० रन जोड्नुहुँदा कप्तान अभिषेक तिवारीले ५६ र सन्तोष यादवले ५३ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले तीन अर्धशतकका साथ ४९।१ ओभरमा सबै विकेट गुमाएर २६५ रन बनाएको थियो। 

 

नेपालविरुद्ध हङकङका चार जना बलरले समान दुईदुई विकेट हात पारे। २६६ रनको लक्ष्य पछ्याएको हङकङका लागि प्रित मांगुकियाले अर्धशतक बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। पूरै ५० ओभर खेल्दै हङकङ १३५ रनमा समेटिएको हो।

नेपालका लागि अभिषेक तिवारी र अफुदिन वर्षाले दुईदुई विकेट लिनुहुँदा राजेश बोहोरा, दीपक सेरेला र सन्तोष यादवले एकएक विकेट हात पार्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu