काठमाडौं ५ पुस । नेपाल प्रिमियर लिग एनपीएलको फाइनल समीकरण पूरा भइसकेको छ । बिहीबार दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराएसँगै सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा फाइनल भिडन्त पक्का भएको थियो ।
लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका थिए जहाँ सुदूरपश्चिम विजयी हुँदै सिधा फाइनलमा पुगेको थियो । त्यसैगरी चितवनविरुद्ध इलिमिनेटर जितेर आएको कर्णालीलाई त्यसपछि जनकपुरले दोस्रो क्वालिफायरमा हराएको हो ।
लिग चरणका सुरूवाती ४ खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि एक खेल हार्दा एक खेल जितेर अन्तिम खेल हारेको थियो । त्यसैगरी सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेलमा पराजित भएको थियो । त्यसयता सुदूरले हार देखेको छैन ।
शनिबार हुने बहुप्रतिक्षित फाइनलअघि दुवै टोलीको लय कस्तो छ र सबैभन्दा महत्वपूर्ण खेलाडी कोको हुन सक्छन् चर्चा गरौं ।
प्रतिक्रिया दिनुहोस्