ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एच–१बी भिसा कार्यक्रममाथिको बहसले ट्रम्पको मागा आन्दोलनमा फुट !


एबीसी न्यूज
१२ पुस २०८१, शुक्रबार   ३ : १७   बजे

 

काठमाडौं १२ पुस । राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र उनका समर्थकहरूले एच–१बी भिसा कार्यक्रमप्रति समर्थन जनाउने विवेक रामास्वामीको आलोचना गरेका छन्। रामास्वामी सरकारको दक्षता विभाग (डज) सह(प्रमुखको रूपमा नियुक्त भएका छन् । उनले ‘उच्च दक्षता भएका’ विदेशी कामदारलाई अमेरिका ल्याउने पक्षमा बोलेपछि विवाद चर्किएको हो।

रामास्वामीले अमेरिकी संस्कृति प्रायः औसत दर्जालाई प्रशंसा गर्ने र उत्कृष्टतालाई बेवास्ता गर्ने भएकाले विदेशी कामदारहरूको भर पर्नुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘शीर्ष प्रविधि कम्पनीहरूले अमेरिकी कामदारहरूभन्दा विदेशी वा पहिलो पुस्ताका इन्जिनियरहरूलाई रोज्नुको कारण अमेरिकीहरूको आईक्यू कम हुनु हो भन्ने धारणा गलत हो। यसको मुख्य कारण संस्कृति हो। कडा प्रश्नहरूले कडा उत्तरको माग गर्छन्, र यदि हामी साँच्चै समस्याको समाधान गर्न चाहन्छौं भने सत्यको सामना गर्नुपर्छ। हाम्रो अमेरिकी संस्कृतिले लामो समयदेखि औसत दर्जालाई प्रशंसा गर्दै आएको छ।’

रामास्वामीले थप भनेका छन् , ‘एक संस्कृति जसले प्रोम क्वीनलाई गणित ओलम्पियाड विजेताभन्दा ठूलो मान्छ, वा खेलकुदका नायकलाई उत्कृष्ट विद्यार्थीभन्दा माथि राख्छ, त्यो संस्कृतिले उत्कृष्ट इन्जिनियर उत्पादन गर्दैन। सामान्य अवस्थाको लक्ष्य राख्नेहरूले सामान्य जीवन नै हासिल गर्छन्।’

https://x.com/VivekGRamaswamy/status/1872312139945234507

ट्रम्प समर्थकको आलोचना
रामास्वामीको टिप्पणीलाई राष्ट्रपति निर्वाचित ट्रम्पका कट्टर समर्थकहरूले कडा आलोचना गरेका छन् ।

पूर्व दक्षिण क्यारोलिनाका गभर्नर निक्की हेलीले भनेकी छन् ‘अमेरिकी कामदार वा अमेरिकी संस्कृतिमा केही पनि गलत छैन। हाम्रो देशको सीमा हेरेर थाहा हुन्छ, कति धेरै मानिसहरूले यहाँ आउन चाहन्छन्। हामीले अमेरिकीहरूमा लगानी र प्राथमिकता दिनुपर्छ, विदेशी कामदारमा होइन।’

निक्की हेलीको यसखाले प्रतिक्रियालाई धेरै ट्रम्प समर्थकले समर्थन गरेका छन् । दक्षिणपन्थी मिडिया व्यक्तित्व माइक सेर्नोभिचले सोसल मिडियामा लेखेका छन् , ”हामी अमेरिकाले विदेशी प्रतिभालाई भित्र्याउनेभन्दा आफ्नै प्रतिभालाई खोज्नुपर्छ।’

रामास्वामीले त्यसको जवाफ फर्काउंदै लेखेका छन् ‘त्यो अमेरिका, जुन कहिल्यै नथाक्ने असाधारणताका लागि परिचित थियो, हामी पुनः फर्काउन चाहन्छौं। यो मुद्दा आप्रवासन नीति होइन, संस्कृति हो।’

अब के हुन्छ ?
आगामी ट्रम्प प्रशासनमा एच–१बी भिसा कार्यक्रमलाई प्रतिबन्धित गर्ने प्रयास हुने हो कि भन्ने डर आप्रवासी समुदायमा बढेको छ।

ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर उनले यस कार्यक्रमलाई सीमित गर्न कदम चालेका थिए । उनले पुनः यो कार्यक्रमलाई कटौती गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । पछिल्लो घटनाक्रममा राष्ट्रपति निर्वाचित ट्रम्पको संक्रमण टोलीले कुनै प्रतिक्रिया नदिएको न्युजविकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group