काठमाडौं १४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै पद्मा मर्चेन्ट कम्पनी प्रा।लि। र यसका संचालकरअध्यक्ष राजुप्रसाद कंडेलबाट गैरकानूनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरेको हो।
बस्नेतविरुद्ध भ्रष्टाचारमा ९ करोड र सम्पत्ति शुद्धीकरणको मुद्दामा १३ करोडको बिगो दावी गरिएको छ।
उनकी श्रीमति उर्मिला बस्नेत समेत भ्रष्टाचार गर्ने कार्यको मतियार बनेको भन्दै सजायको माग गरिएको छ।
त्यस्तै पद्मा मर्चेन्ट कम्पनी प्रा।लि, पद्मा कोलोनी प्रा।लि। का संचालकरअध्यक्ष राजु प्रसाद कडेलविरुद्ध पनि सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया दिनुहोस्