ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा ओलीबारे प्रचण्डले भने– धेरै जालीझेली गर्ने मान्छेको ठाउँमा आइपुगेँ


एबीसी न्यूज
१५ पुस २०८१, सोमबार   ६ : ३८   बजे

झापा, १५ पुस  । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा जाल–झेलबाहेक अरु केही नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको गौरीगञ्जमा सोमबार पार्टीद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उनीमाथि यस्तो आरोप लगाएका हुन् ।

‘यो ठाउँ अहिलेका प्रधनमन्त्रीको हो । देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा सायद म बोल्दैछु । म भन्न चाहन्छु जालझेलबाहेक उहाँको दिमागमा अरु भएको देखिँदैन । उहाँले जालझेल नै गरिराख्नुहुन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले गिरीबन्धु टी(स्टेटमा गरेको बदमासीको पर्दाफाँस गरेरै छाड्ने चेतावनीसमेत दिए । ‘म गिरीबन्धु टी(स्टेटमा उहाँ ९ओली०ले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्ने छु,’ उनले भने ।

भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर आफूलाई अलोकतान्त्रिक रुपमा प्रधनमन्त्रीबाट हटाइएको प्रचण्डको दावी थियो ।

‘गिरीबन्धुको, ओम्नीको अनि वाइडबडीको तमाम समस्याहरुको । मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक, तानाशाही तरिकाले हटाइएको छ,’ प्रचण्डले भने, ‘किन रु भ्रष्टाचारीमाथि कारबाही गर्ने भयो भनेर नै हो । किन भने मेरो सुई अब गिरीबन्धुतिर जाँदै थियो । गिरीबन्धुतिर जाने भनेको ओलीतिर जाने भनेको हो ।’

अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि बूढानीलकण्ठतरि सोझिएपछि नेपाली कांग्रेसका सभापति आतंकित भएका जिकिर पनि गरे ।

‘तपाईंहरूलाई थाहै छ बेचन झा पक्राउ परेपछि सुई अर्कोतिर पनि सोझियो,’ उनले कांग्रेस सभापति देउवातर्फ इंगित गर्दै भने, ‘त्यसपछि एउटा आतंक भएको हो । तपाईंहरूले ढुक्कसँग बुझे हुन्छ । सोझो कुरा त्यति नै हो ।’

उनले नुवाकोटको शेरा दरबार प्रकरणमा माओवादी संलग्नता अस्वीकार गरे । ‘हाम्रो पार्टी १५ वर्षअघि छोडिसकेको मान्छेको नाम शेरा दरबारको कुरामा जोडिएको छ । तर माओवादीलाई बिनाकारण मुछिएको छ’, उनले भने, ‘हाम्रै पार्टीका नेता देखिए पनि मैले छुट दिन्नँ । अनुसन्धानमा दोषी देखिए छानबिनमा लानुपर्छ भनेको छु।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu