काठमाडौं, २९ फागुन । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । मतदानको परिणाम आजै सार्वजनिक गरिने भएको छ ।
दिउँसो ३ बजेसम्म भएको मतदानमा ३२६ जना संघीय संसदका सदस्यहरु र ५३६ जना प्रदेश सभाका सदस्य गरि कूल ८६२ जनाले मतदानमा भाग लिए।
निर्वाचनमा संघिय संसदका ५ र प्रदेशसभाका १३ जना भने अनुपस्थित रहे ।
मतदानका लागि संघीय संसद्को एक सदस्यको मतभार ४८ छ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सदसस्यहरुको कुल मतभार २६ हजार ३ सय ८६ हुनेछ ।
यस्तै, ५५० प्रदेशसभा सदस्यहरुको कुल मतभार २६ हजार ४ सय छ । जसअनुसार जम्मा मतभार ५२ हजार ७ सय ८६ हुनेछ ।
यो मतभारमध्ये जसले ५० प्रतिशत मतभार कटाउँछ, उही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्