काठमाडौं २५ पुस । कास्की जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थक खुसी भएका छन्।
अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएपछि बाहिर भेला भएका समर्थकहरू रविको पक्षमा नाराबाजी गरिरहेका छन्।
ुयो जित कसको, जनताकोु भन्दै उनीहरू नाराबाजी गरिरहेका छन्। पोखराका सडकमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ।
अदालत क्षेत्रमा आवागमनमा कडाइ गरिएको छ।
प्रतिक्रिया दिनुहोस्