ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा सक्रिय बनाउँदै प्रचण्ड, उपेन्द्रलाई मनाउने जिम्मा माधवलाई


एबीसी न्यूज
२६ पुस २०८१, शुक्रबार   ६ : ४७   बजे

काठमाडौं २६ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास अघि बढाएका छन् । यही प्रयासअन्तर्गत प्रचण्डले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद गरे ।

सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रका तर्फबाट उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष बेदुराम भुसाल सहभागी थिए । समाजवादी मोर्चाको सक्रियता र संविधान संशोधनका एजेन्डाहरूका सम्बन्धमा छलफल भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

समाजवादी मोर्चा लामो समयदेखि निश्कृय छ । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी ९नेपाल० र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल समाजवादी मोर्चामा सक्रिय छैन । बिहीबार माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूको भेटमा उपेन्द्र यादवलाई मोर्चामा सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

 

नेताहरूका अनुसार अब केही समयभित्रै मोर्चाको बैठक बस्नेछ । त्यसपछि मोर्चाको गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने तय हुनेछ ।

यसबीचमा मोर्चालाई थप विस्तार गर्ने र उपेन्द्र यादवलाई मोर्चामा सक्रिय गराउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पाएका छन् । नेताहरूका अनुसार अध्यक्ष नेपालले ‘उपेन्द्र यादवसँग म कुरा गर्छु’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu