ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विज्ञ टोली कोसी प्रदेशमा लगानीको सम्भावना खोज्दै


एबीसी न्यूज
२७ पुस २०८१, शनिबार   ६ : ५७   बजे

काठमाडौं २७ पुस । कोसी प्रदेशका विभिन्न जिल्लाको सम्भावना बुझ्न नेपाल आएको चिनियाँ विज्ञहरूको टोली सङ्खुवासभा पुगेको छ। चिनियाँ कम्पनी जीसीएल र पावर चाइनाको संयुक्त टोली मिस्टर वाङको नेतृत्वमा कोसी कोरिडोर अन्तरगत सङ्खुवासभा हुँदै किमाथांकातर्फ लागेको हो।

विज्ञ टोलीमा जीसीएलका मिस्टर वाङ र पावर चाइनाका मिस्टर लिउसहित ११ जना रहेका छन्। टोलीका अन्य सदस्यहरुमा हाइड्रोपावर इन्जिनियरहरु चेन याङ, लियु योङ्झाइ, ली विङगोङ रहेका छन्।
त्यस्तै निर्माणसम्बन्धी विज्ञ झाओ लानसेङ्ग, जियोलजिस्ट ली झिमिन, जलविज्ञान सम्बन्धी विज्ञ ही याङ र निर्माण संयोजकनसम्बन्धी वाङ चीनस्य रहेका छन्। निर्माण व्यवस्थापनसम्बन्धी विज्ञ झ्याङ निङ्ग, हाइड्रोपावर प्रविधि व्यवस्थापन विज्ञ सेन डोङफेन र हाइड्रोपावर इन्जिनियर वाङ झ्याङलीन पनि टोलीमा छन्। चिनियाँ टोलीमा एक जना गाइड, एक जना डाक्टर र ८ जना भरियाहरु पनि रहेका छन्।

 

चिनियाँ विज्ञहरू कोसी प्रदेशको पर्यटन, कृषि र ऊर्जाको सम्भावनाको खोजीमा नेपाल आएका हुन्। टोलीमा भूगर्भ, हाईड्रो, वातावरण लगायतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विज्ञहरू सहभागी रहेको सीएनआईका उपाध्यक्ष भीम घिमिरेले जानकारी दिए।

टोलीले कोसी प्रदेशमा चिनियाँ लगानीको सम्भावनाको खोजी गर्ने उनको भनाइ छ। ‘उनीहरूको प्राथमिकता ऊर्जा, पर्यटन र कृषि हो’, घिमिरेले भने, ‘ऊर्जा क्षेत्रमा लगानी गर्ने भन्दै टोली अरुण हुँदै किमाथांका पुग्नेछ।’

टोली बिहीबार विराटनगरमा कोसी प्रदेशका मुख्यमन्त्री, मन्त्री, दलका नेताहरू तथा विराटनगर महानगरपालिकाका मेयरलाई भेटेर शुक्रबार खाँदवारी पुगेको हो।

चिनियाँ टोली बाग्मती, गण्डकी, कर्णाली लगायका क्षेत्रमा लगानीको सम्भावनाको खोजी गर्दै आएको थियो। सोही क्रममा कोसीमा आएको चिनियाँ टोली माघ ५ गते काठमाडौँ फर्किनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group