ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज राष्ट्रिय भक्का दिवस, लोकप्रिय बन्दै राजवंशी समुदायको सास्कृतिक परिकार


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   ८ : ०४   बजे

काठमाडौं २९ पुस ।  आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायको संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ ।

पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि चामालको पिठोबाट बनेको भक्का लोकप्रिय बन्दै गएको छ । पानीको बाफमा बनाइने भक्काको व्यापार अहिले तराई मधेशसहित अन्य सहरहरुमा पनि विस्तार भइरहेको छ ।

लोकप्रिय बन्दै भक्का

भक्का विशेषगरी मङसिर, पुस र माघ महिनामा खाने चलन छ । नयाँ धानको चामालबाट बनाइने भक्का अहिले राजवंशी समुदाय बाहेकमा पनि धेरैले खोज्ने खाना बनेको छ । भक्का बनाउन चामालको पिठोलाई फेरि दाना बनाएर बाफमा पकाउनुपर्ने राजवंशी समाज विकास समिति बाह्रदशी झापाका सचिव हेमप्रसाद राजवंशी बताउनुहुन्छ ।

तातो भक्का अचार, तरकारी, माछा,मासुलगायतसँग खाइन्छ । चिसो बिहान र बेलुकीपख तात्तातो भक्का खानु आनन्दसँगै स्वास्थ्यका लागि पनि उपयुक्त रहेको छ ।

पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका कोच राजवंशी समुदायमा भक्का प्रचलित छ । महाभारतकालमा भीष्म पितामहले देहत्याग गर्दा मेरो शरीरमा भएका असङ्ख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जाँदैछु । मलाई चामलबाट बनाएको भक्का चढाइदिनु भनेको र त्यही बेलादेखि भक्का संस्कृति बलियो बनेको राजवंशीहरु बताउँछन् ।

राजवंशी समुदायमा पाहुनाको स्वागत र समुदाय जुटेर रमाइलो गर्न भक्काको प्रयोग हुँदै आएको छ । पहिले पहिले गाउँमा भक्का बनाएर धानसँग साट्ने चलन थियो । अहिले राम्रो व्यापार गर्ने वस्तु बनेको छ ।

तराई मधेश मात्र नभई काठमाण्डौ उपत्यका सहितका शहरहरुमा समेत चिसो मौसममा भक्काको व्यापार प्रशस्त हुने गरेको छ । भक्का एउटा समुदायको संस्कृतिसँग जोडिएको खाना भए पनि यसका पारखीहरु बढेका छन् ।

चामालको पिठोलाई बाफमा पकाएर बनाउने यो खाना स्वस्थ हुनुका साथै जाडो मौसमका लागि उपयुक्त रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

सम्बन्धित

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu