ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्छ : निधि


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   १ : ५३   बजे

काठमाडौं २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् ।

 

परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा सांसद निधिले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सत्तारुढ कांग्रेस र एमालेले बीआरआई अन्तर्गत ऋण लिने सम्झौता नगर्ने प्रतिबद्धता ओलीबाट भएको तर त्यसअनुसार काम नभएको भन्दै त्यसबारे संसदीय समितिमा प्रष्ट पार्नुपर्ने बताएका हुन् । सत्तारुढ दलको बैठकमा ऋण नलिने भनी प्रतिबद्धता जनाउने अनि चीन भ्रमणका क्रममा अन्तिममा आफैं अग्रसर भएर सम्झौता गर्नु सही नभएको निधिको भनाइ छ ।

ुभ्रमणमा जानु पहिला कांग्रेस र एमालेको बैठकमा अनुदानबाहेक अरुमा सहमति नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । तर चीन भ्रमणको क्रममा अन्तिम चरणमा प्रधानमन्त्रीकै अग्रसरतामा बीआरआईमा ऋण लिनेगरी सम्झौता भएको छ, निधिले भने यसबारेमा प्रधानमन्त्रीलाई संसद र संसदीय समितिमा बोलाएर अमेरिका, चीन भ्रमणको जानकारी प्राप्त गर्न पायौं भने उपयुक्त हुन्छ । भ्रम चिर्न सकिन्छ ।

प्रधानमन्त्रीलाई समितिमा बोलाएर मुख्य रूपमा चीन भ्रमण र बीआरआईमा भएको सम्झौताबारे जानकारी लिनुपर्ने निधिको भनाइ थियो । सार्वजनिक रूपमा आएका कागजात भन्दा पनि सरकारले आधिकारीक रूपमा परराष्ट्र मन्त्रालयबाट आउनुपर्ने बताए । बीआरईमा ऋण लिने कुरा त गरेकै थिएनौं । ऋण नलिने भनी सत्तारुढ दलमा प्रतिबद्धता भएपनि ऋण लिनेगरी सम्झौता भयो भन्ने चर्चामा रहेको छ, निधिले दोहोर्‍याए, बीआरआईबारे हामी प्रष्ट हुनुपर्छ ।ु

सरकारले सार्वजनिक भएका डकुमेन्ट पढ्नुस् भन्न नमिल्ने निधिले बताए । सरकारले आधिकारीक दस्ताबेज संसदीय समितिमा उपलब्ध गराउन उनको माग थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group