ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरजुले सुनाइन् जयशंकर र वाङ यीसँगका केही संवाद


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   २ : ५२   बजे

काठमाडौं २९ पुस । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले दुई छिमेकी राष्ट्र चीन र भारतका विदेशमन्त्रीसँगको संवाद सुनाएकी छिन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी सँगका भएका केही संवाद सुनाएकी हुन् ।

परराष्ट्रमन्त्री राणाका अनुसार उनीहरू दुवैसँग छुट्टाछुट्टै विषयमा छलफल भएको थियो ।

चीनियाँ विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई चलायनमान बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएको उनले बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा उनले पोखरा विमानस्थबारे भएको छलफल संसदीय समितिमा सुनाएकी हुन् ।

 

‘पोखरा विमानस्थल एजेन्डामा थिएन । तर वाङ यी ले वी विल हेल्प टू रन पोखरा एयरपोर्ट भन्नुभएको छ,’ राणाले भनिन् । त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकरसँग भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० बारे छलफल गरेकी छिन् ।

उनले आफ्नो भारत भ्रमणका बेलामा पनि सार्कको बैठकबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेको जानकारी गराइन् ।

‘स्टेट हेडको बैठक बस्न सबै सहमत हुनुपर्छ । सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ,’ समितिको बैठकमा राणाले भनिन्, ‘जयशंकरजीले भन्नुभयो– तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो रु’

जयशंकरको उक्त जवाफपछि आफूले केही भन्न नसकेको उनको भनाइ थियो ।

‘त्यसपछि मैले केही भन्न सकेको छैन,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group