ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्न चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति


एबीसी न्यूज
२९ पुस २०८१, सोमबार   ३ : ४४   बजे

काठमाडौं २९ पुस । नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनका लागि चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति दुई मुलुकबीच भएको छ । नेपाल–भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति ९आईजीसी० बैठकले यस्तो निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा दुवै पक्षको सहमतिमा तयार भएका व्यापार सन्धि २००९, पारबहन सन्धि २०२३ र अनधिकृत व्यापार नियन्त्रण सम्झौता २००९ अन्तर्गतका विभिन्न विषयमा बृहत छलफल भएको हो ।

 

सोही क्रममा खासगरी नेपाल–भारतबीच वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा चौथो चरणको वार्ता छिट्टै गर्ने सहमति भएको हो ।

पारवहन सन्धि कार्यान्वयनमा ल्याउन नेपालद्वारा प्रेषित ‘लेटर अफ एक्स्चेन्ज’ लाई छिट्टै निष्कर्षमा पुर्‍याउने सहमति समेत भएको मन्त्रालयले जनाएको छ ।

 

नेपालमा उत्पादित वस्तु भारतमा निकासी गर्न आवश्यक पर्ने बीआईएस प्रमाणपत्र प्राप्ति प्रक्रिया छिटो छरितो बनाउने सहमति समेत दुई मुलुकबीच भएको छ ।

भारतीय लगानीमा नेपालमा निर्माणाधीन आयोजनामा आवश्यक उपकरण तथा अन्य सामग्री आयात सहजीकरण गर्ने, नेपालमा उत्पादन नहुने पशुजन्य खाद्यपदार्थ भारतबाट हुने आयात सहजीकरण गर्ने सहमति दुई देशबीच भएको छ ।

यसैगरी नेपालको गुणस्तर तथा तापतौल विभाग र भारतको ब्युरो अफ इन्डियन स्ट्यान्र्डर्ड तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यता प्रक्रिया अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ ।

औषधि आयात निर्यात व्यवस्थित गर्ने, भन्सार प्रक्रिया सहजीकरण गर्ने र दुवै पक्षका विषयगत संयन्त्र मार्फत सम्बन्धित विषय समयमै टुङ्ग्याउँदै जाने विषयमा समेत सहमति भएको छ ।

मन्त्रालयका अनुसार व्यापार तथा लगानीका हिसाबले महत्त्वपूर्ण साझेदारका रूपमा रहेका नेपाल–भारतबीच विद्यमान संयन्त्र थप क्रियाशील बनाइ नियमित छलफल तथा बैठक गरी दुवै पक्षको हित प्रवद्र्धन हुने गरी अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group