काठमाडौं २९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेको थुनछेक बहस नसकिएपछि हिरासतमै फर्काइएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ।
उनलाई आइतबार पनि काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ।
सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको छ। रवि पक्षका कानुन व्यवसायीले अब पर्सि बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्