ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको थुनछेक बहस आज पनि, जाहेरवालाले सकेपछि मात्र प्रतिवादीको पालो


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ११ : ००   बजे

काठमाडौं २ माघ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेबारेको थुनछेक बहसले आज बुधबार पनि निरन्तरता पाउने भएको छ।

यही पुस २७ गते आफैँ काठमाडौँ जिल्ला अदालत उपस्थित भई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति लामिछानेबारे पुस २८ सोमबार देखि थुनछेक बहस जारी छ।

लामिछानेविरुद्ध सोमबार सरकारी र जाहेरवालातर्फका वकिलले बहस गरे।

जाहेरवालातर्फको बहस बाँकी रहेकाले आज सुरुमा उनीहरूकै वकिलले बहस गर्ने काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।

‘जाहेरवालातर्फकै केही बहस बाँकी रहेकाले आज सुरुवात उनीहरूबाटै हुन्छ’, सूचना अधिकारी चन्दले  भने, ‘यसपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुन्छ।’

जाहेरवाला वकिलको जिकिर स् रविले पहिले पनि शक्तिको दुरुपयोग गरेकै हुन्, नथुने फेरि मुद्दा प्रभावित पार्छन्
मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले लामिछानेबारेको थुनछेक बहसले फेरि आजदेखि निरन्तरता पाउने भएको हो।

अहिलेसम्म सरकारी वकिलका तर्फबाट खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापालगायतले बहस गरे भने जाहेरवाला पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरे।

पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट भने वरिष्ठ अधिवक्ताद्वय रमनकुमार श्रेष्ठ र सुशील पन्तले बहस गर्ने तयारी छ।  अदालतका सूचना अधिकारी चन्दको भनाइअनुसार सम्भवतस् आज उनीहरूले बहस गर्ने पालो पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu