ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संवैधानिक नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश फुयाल अलग्गिए, सुनुवाइ अर्को पेसीमा


एबीसी न्यूज
२ माघ २०८१, बुधबार   ४ : ०७   बजे

काठमाडौं २ माघ । विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश हरिप्रसाद फुयाल अलग्गिएका छन्।

उनले संवैधानिक इजलासमा बुधबार आफू यस मुद्दाको सुनुवाइबाट अलगिएको घोषणा गरेका हुन्। मुद्दाको सुनुवाइका लागि पालो आएपछि आफूले हेर्न नमिल्ने भएकाले अलगिएको घोषणा गरेका थिए।

यो घोषणासँगै अब उनीबाहेकको संवैधानिक इजलास गठन हुनेछ।  तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।

२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ।

आज ९बुधबार० प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा पेसी चढेको थियो।

यस विवादको अघिल्लो पेसी पुस १७ गते थियो। त्यस दिन इजलास सुरु हुनै लाग्दा रिट निवेदकहरू आज सुनुवाइको पालो आउँछ कि आउँदैन भनेर जानकारी लिन पुगेका थिए। त्यसबेला उनीहरूलाई इजलासबाट ‘पालो आउन पनि सक्छ’ भन्ने जवाफ दिइएको थियो।

त्यसै क्रममा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश फुयालले यो विवाद हेर्न मिल्ने हो कि होइन भनेर पनि जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश फुयालले ‘तथ्यमा प्रवेश गरेपछि थाहा हुने’ बताएका थिए।

यसअघि फुयालले संवैधानिक इजलासमा चलिरहेको सुनुवाइ रोक्न एकल इजलासबाट अन्तरिम आदेश दिँदा आलोचना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu