ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामा बागमती प्रदेशको विकास खर्च १० प्रतिशत मात्रै


एबीसी न्यूज
३ माघ २०८१, बिहिबार   ३ : ०४   बजे

काठमाडौं ३ माघ । बागमती प्रदेश सरकारको विकास खर्च कमजोर देखिएको छ। चालु आथिक वर्षको ६ महिना पूरा हुँदा बागमती प्रदेशको विकास बजेटको १० प्रतिशत मात्रै खर्च भएको हो।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्ममा १०।३२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षको लागि कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले विकास बजेट अर्थात् पुँजीगत खर्च ३७ अर्ब ९ करोड १२ लाख ४९ हजार रुपैयाँ छुट्याएको थियो। जसमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब ८२ करोड ८१ लाख १८ हजार रुपैयाँ मात्रै बजेट खर्च भएको हो।

बजेटको कुल खर्च भने १६।२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख ९ हजार रुपैयाँ रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। कुल बजेटमा २५ अर्ब ९४ करोड ९१ लाख ८२ हजार रुपैंया चालु खर्च तर्फ विनियोजन गरिएको थियो।

जसमध्ये यस अवधिमा प्रतिशतको आधारमा हेर्ने हो भने सबैभन्दा धेरै युवा तथा खेलकुद मन्त्रालयले विकास बजेट खर्च गरेको छ। ४८ करोड ६७ लाख ५० हजार पुँजीगत बजेट पाएको यस मन्त्रालयले ६ महिनाको अवधिमा १८ प्रतिशत अर्थात् ९ करोड ९ लाख २४ हजार रुपैंया बजेट खर्च गरेको हो।

यस्तै, सबैभन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेको छ। यस मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ प्रतिशत बजेट पनि खर्च गरेको छैन।

कुल बजेट ५४ करोड १३ लाख ७ हजार बजेट विनियोजन भएको यस मन्त्रालयमा चालु तर्फ २८ करोड ९३ लाख ३९ हजार र पुँजीगत तर्फ २५ करोड १९ लाख ६८ हजार विनियोजित बजेटमा पुस मसान्तसम्ममा पुँजीगत खर्च ०।८० प्रतिशत अर्थात् २ लाख १० हजार रुपैयाँ मात्रै अर्च गरेको आर्थिक मन्त्रालयले जनाएको छ।

यस्तै, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको पनि बजेट खर्च कमजोर देखिएको छ। कुल २ अर्ब ४६ करोड २ लाख १६ हजार रुपैंया विनियोजित बजेटमा पुस मासन्तसम्ममा कुल बजेटको ४ प्रतिशत मात्रै खर्च गरेको पाइएको छ।

यता, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कुल खर्च १६।९२ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको १९।७३ प्रतिशत, उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयको खर्च १५।५९ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको खर्च १३ प्रतिशत, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको खर्च ११।३० प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुल खर्च २३।४८ प्रतिशत र युवा तथा खेलकुद मन्त्रालयको कुल खर्च १६।७४ प्रतिशत रहेको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ।

यस्तै, वन तथा वातावरण मन्त्रालयको १६।६ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयको १२।५२ प्रतिशत सामाजिक विकास मन्त्रालयको १९।५१ प्रतिशत, स्वास्थ्य मन्त्रालयको २४।३२ प्रतिशत र श्रम रोजगार तथा यातायात मन्त्रालयको १८ प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मेस्सीको कथा: एक आप्रवासी जो अर्जेन्टिनाको मुटु र विश्व फुटबलको पहिचान बने

विश्वकपमा गोल वर्षा : फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डले जित्यो कांस्य पदक, साकाको ह्याट्रिक र एमबाप्पेको कीर्तिमान एउटै खेलमा

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu