ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोमा बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन आग्रह


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   १२ : १६   बजे

काठमाडौं ४ माघ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो ।

बाथरोग प्रायः वंशाणुगत कारण, सङ्क्रमण तथा तनावका कारणले देखा पर्न सक्छ । बाथरोग विशेषज्ञ डा।कृष्ण अधिकारीका अनुसार चिसोका कारणले जोर्नी सुन्निने, फुल्लिने र दुखाइ बढ्ने समस्या हुन्छ । तर यस्ता सबै लक्षण बाथरोग नभएको उहाँले बताउनुभयो ।

बाथरोग भएको अवस्थामा हात निलो, फुस्रो, रातो हुने, तथा घाउ आउने लक्षणहरू देखिन्छन् । भिटामिन ‘डी’ को कमीले पनि दुखाइ हुन सक्ने भएकाले समयमै जाँच गराउन उहाँको सुझाव छ ।

बाथरोगको दुखाइ प्रायः साँझ, राति वा बिहान बढी हुने र दिन ढल्दै जाँदा कम हुँदै जाने डा।अधिकारीले बताउनुभयो । उहाँका अनुसार यदि जोर्नी सुन्निने, फुलिने र मुठ्ठी पार्न कठिन हुने समस्या छ भने बाथको लक्षण हो भनेर बुझ्नुपर्छ ।

जोर्नी दुखाइसँगै कपाल झर्ने, आँखा पोल्ने, सुख्खा हुने, ज्योति कम हुने तथा गाला रातो हुने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरसँग परामर्श लिनु पर्छ । बाथरोगबाट बच्न हातखुट्टा न्यानो राख्न, मोजा र पञ्जा लगाउन तथा प्रदूषण र सङ्क्रमणबाट बच्न डाक्टरको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu