काठमाडौं ४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ(तराई(मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत द्रुतमार्गको अवलोकन भ्रमण गर्न उहाँ मकवानपुरको बकैयामा आउनुभएको हो ।
उहाँले बकैया–११ लेनडाँडामा निर्माण भइरहेको द्रुत मार्गको सुरुङ अवलोकन गरी निर्माणबारे जानकारी लिनुभएको छ । नेपाली सेनाको प्रतिनिधिले अहिले सम्म भएका प्रगति र निर्माणको अवस्थाबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।
मकवानपुरमा अवलोकन गरेपछि हेलिकप्टरबाटै बारामा भइरहेको कार्यबारे जानकारी लिन उहाँ निजगढतर्फ जाने र त्यहाँबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्