ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख सचेतकहरूको निष्कर्ष, संसद्लाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिन एकजुट भएर अघि बढ्ने


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ०१   बजे

काठमाडौं ४ माघ ।   संसद्का प्रमुख चार दलका प्रमुख सचेतकहरूको बैठकले संसद्लाई प्रभावकारी बढाउन सबै दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार सिंहदरबारमा भएको प्रमुख सचेतकहरूको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए । उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको बताए ।

‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्न सक्छौँ । हामीले साझा ढङ्गबाट संसद्भित्रका कामहरू कसरी प्रभावकारी बनाउन सक्छौँ भन्ने विषयमा छलफल चलायौँ ।

विशेष गरी प्रतिपक्ष र हामी चार वटा दलहरूका प्रमुख सचेतकहरूको मुख्यतया संसद्मा विचाराधीन विधेयकहरूका बारेमा विपक्षीको धारणाका विषयमा पनि छलफल गर्‍यौँ, उनले भने, अगामी दिनमा सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरू छिटो छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरूले वा हामी संसदीय दलहरूले कुन प्रकारको भूमिका खेल्ने हो रु हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने रु यी लगायतका विषयमा हामीले छलफल गर्‍यौँ ।

उनले सरकारले संसदमा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौँ होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको बताए । उनले कानुन निर्माणको सवालमा संसद् अब्बल छ भनी प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, आम रूपमा हाम्रो आजको बैठकको निष्कर्ष भनेको संसद्को प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद् अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिङ्गो दलहरू एक ठाउँमा उभिएर काम गर्ने निष्कर्षमा पुग्यौँ।’

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group