ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५-२० दिनभित्र संसद् खुल्छ : प्रधानमन्त्री ओली


एबीसी न्यूज
४ माघ २०८१, शुक्रबार   ३ : ५९   बजे

काठमाडौं ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताउँदै उनले १५र२० दिनमा संसद्‍मा पेस भएर दुई महिनाभित्र कानुनको रुप लिइसक्ने बताए।

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ, कतिपयले त्यसको बिरोध गर्न खोजिरहेका छन्,’ ओलीले भने, ‘अध्यादेशले शासन खोज्यो भने। १५र२० दिनभित्र संसद् आइसक्छ। संसद् आएको पहिलो दिन त्यहाँ पेस गर्छौं। त्यहाँ छलफल गर्छौं। अगाडि बढाउँछौँ। दुई महिनाभित्र त्यसको टुंगो लागिसक्नुपर्छ। तर दुई महिनासम्म काम रोकेर बस्न मिल्दैन। एउटा देशको दुई महिना भनेको महत्वपूर्ण छ।’

उनले काम रोक्नका लागि नभए अगाडि बढाउनका लागि कानुन बनाउनुपर्ने जिकिर गरे। ‘उद्यमी व्यवसायीहरु अहिले तड्पिएका छन्,’ ओलीको भनाइ छ, ‘हाम्रा नीतिहरु, कानुनहरु बन्नुपर्दछ, काम गर्नका लागि, काम रोक्नका लागि होइन। रोक्न कानुन बनेका छन् भने त्यस्ता कानुनलाई फेर्न पर्दछ।

कामलाई अघि बढाउने, विकासलाई अघि बढाउने, जनतालाई सेवा पुर्‍याउने र व्यवसायीलाई पुग्ने सकारात्मक कानूनहरु परिवर्तन गर्नुपर्छ। एक हप्ता ढिलो हुन्छ भने एक हप्ता अगाडि गर्नुपर्दछ। अध्यादेश भनेको कुनै छुट्टै पृथक केही कुरा होइन।’

प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने समेत उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group