ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्षकै सांसदले मागे लेखा समिति सभापतिको राजीनामा


एबीसी न्यूज
९ माघ २०८१, बुधबार   ८ : ३३   बजे

काठमाडौं ९ माघ । प्रतिपक्षी माओवादी र रास्वपासँगै सत्तारूढ कांग्रेसका सांसदले समेत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । सत्तारूढ दलको सांसद भएको, श्रीमती सहकारी ठगीको अभियुक्त भएको र स्वकीय सचिवमाथि पनि ठगीमा अभियोग लागेको हुनाले पोखरेलले सभापति पदबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरूले माग गरेका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत लेखा समितिको मंगलबारको बैठकमा सत्तारूढ कांग्रेसका सांसदले सभापतिबाट राजीनामा गर्न पोखरेललाई सुझाव दिएका थिए । सार्वजनिक रूपमा प्रश्न उठेको र संसदीय समितिको प्रभावकारितामा नै आँच आइरहेको तर्क गर्दै उनीहरूले राजीनामा दिनुपर्नेमा जोड दिएका थिए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले सभापतिबाट सरकारको नेतृत्व गरिरहेको एमालेका सांसद पोखरेलले लेखा समिति सभापतिबाट राजीनामा गर्नुपर्ने धारणा राखेका थिए । ‘जो शक्तिमा हुन्छ, त्यो निरंकुश हुन सक्छ, त्यसलाई अंकुश लगाउन भनेर सार्वजनिक लेखा समितिको व्यवस्था गरिएको हो,’ उनले भने, ‘लोकतान्त्रिक व्यवस्थाअन्तर्गत लेखा समितिको सभापति प्रतिपक्षी दलको हुनुपर्छ ।’ लेखा समिति सभापति सत्ता पक्षले छोडेर प्रतिपक्षलाई दिने विश्वव्यापी चलन पहिलेदेखि नेपालमा तोडिँदै आएको उनले उल्लेख गर्दै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

माओवादी सांसद जनार्दन शर्माले सरकारको नेतृत्व गरिरहेको दलको सभापति भएकै कारण लेखा समिति सरकारको छाया बनेको बताए । ‘समितिले सरकारको छायाका रूपमा काम गर्ने हो कि संसद्को सार्वभौम अधिकार प्रयोग गर्ने हो भन्ने प्रश्न खडा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group