ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरीमा जनप्रतिनिधिको तालाबन्दीविरुद्ध कर्मचारीको पनि ताला


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १ : १०   बजे

काठमाडौं १३ माघ । इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले आन्दोलन गरेका छन्। उपप्रमुख र वडाध्यक्षसहितको टोलिले प्रशासन शाखामा शुक्रबार ताला लगाएको थियो।

त्यसैको प्रतिरोध गर्दै कर्मचारीहरुले आइतबार कार्यलयमा ताला लगाएका हुन्। कार्यलय अहिलेसम्म पनि खुल्न सकेको छैन। कार्यालयको काम नभए पछि कर्मचारीहरु प्राङ्गणमा घाम तापेर बसेका छन्।

सेवा लिन आएका सेवाग्राहीहरुलाई कार्मचारीहरूले प्रशासनमा ताला लागेको भन्ने जवाफ दिँदै आएका छन्।

इटहरी उपमहानगर पालिकाका उपप्रमुख र वडाअध्यक्षहरूले प्रशासन शाखामा तालाबन्दी गरेका थिए। एमालेबाट वडाध्यक्ष निर्वाचित भएका वडाकार्यालयहरूको सर्भर बन्द गरेको भन्दै उपप्रमुख संगीता चौधरी लगायतको टोलीले प्रशासन शाखामा ताला लगाएको थियो।

आफूहरूलाई कुनै जानकारी नदिई वडा कार्यालयको सर्भर बन्द गरेर जनतालाई दुख दिएको चौधरीसहितका जनप्रतिनिधिको गुनासो छ।

इटहरी उप महानगर पालिकाका प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले मेयर हेमकर्ण पौडेलको निर्देशनमा सर्भर बन्द गरेको उपमेयर चौधरीले आरोप लगाइन।

सरुवा गरिएका कर्मचारीलाई दबाब दिन सर्भर डिएक्टिभ गरेको चौधरीको आरोप छ। केही दिनअघि उपमहानगरले कार्यालयको ‘आन्तरिक’ सरुवा गरेको थियो।

आन्तरिक सरुवाको विरोध गरेका कर्मचारीहरूलाई दबाब दिन प्रशासन शाखा प्रमुखले सर्भर डाउन गर्न लगाएको आरोप उपप्रमुख चौधरीले लगाएकी छिन्। इटहरीमा रहेका २० मध्ये इटहरीका १५ वडामा एमालेले वडाध्यक्ष जितेको छ।

एमालेले जितेको वडाहरूमा मात्र सरुवा गरिएको र जनताको काम रोकिने गरी सर्भर डाउन गरेर खड्काले कर्मचारीहरूलाई दबाब दिएको एमालेका जनप्रतिनिधिको आरोप छ।

वडाको कामहरूलाई प्रभावित पार्ने गरी अनावश्यक कर्मचारी चलाएको आरोप कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडाध्यक्षहरू जितेन थापा, उमेश सुवेदीलगायतले लगाउँदै आएका छन्।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जनप्रतिनिधिबाट कर्मचारीमाथि दुव्यर्वहार भएकोले कर्मचारीले काम नगरेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu