ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानका आधारभूत कुरा चलाउन खोज्यौँ भने फेरि अर्को १० वर्ष खेर जान्छ- गगन थापा


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ४ : १३   बजे

काठमाडौं १३ माघ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को दश वर्ष पनि खेर जाने टिप्पणी गरे।

‘यो संविधानमा तलमाथि केही फेरबदल गर्ने हो, गरौँला,’ थापाको भनाइ छ, ‘तर, यो संविधानका आधारभूत कुराहरू हामीले चलाउने हो। फेरि हामी अर्को विकल्प, अर्को व्यवस्था हामी कसैले सोचिरहेका छौँ भने यो मान्नुहोला अर्को दश वर्ष फेरि खेर जान्छ। यो भारी व्यवस्थालाई बोकाउने काम नगरम।’

संविधान अनुसार आवधिक निर्वाचन हुने र जित्नेहरूले सरकार चलाउने भन्दै थापाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने बताए। यद्यपि आफूहरूले नेतृत्व भने बदल्न खोजेको थापाको भनाइ छ।

‘अहिले हामीसँग एउटा संविधान छ, पाँच(पाँच वर्षमा चुनाव हुन्छ,’ उनले भने, चुनावमा पार्टीहरू आउँछन्। जित्छन्, हार्छन्। एउटा पार्टी हारेर केही पनि फरक पर्दैन। हाम्रो पार्टीले राम्रो गरेन भने अर्कोपटक चुनाव हार्छौँ हामी। केही हुँदैन। एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा होइन। एउटा महत्त्वपूर्ण कुरा हो नेतृत्व बदल्ने।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu