ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्स्पेक्टर विष्ट दोषी ठहर


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ४ : १६   बजे

काठमाडौं १३ माघ । नेपाल प्रहरीका निरीक्षक इन्स्पेक्टर लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

विष्टलाई ४ हजार जरिवानाको फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं। १, गुल्म नं। ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोकबहादुर विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा मुद्दा दायर गरेको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो।

अख्तियारले अनुसन्धानका क्रममा प्रहरी निरीक्षक विष्टले प्रहरी सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबी गरेको थियो। माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाई स्कुल एण्ड इन्टरमिडियट एजुकेसन युपीबाट जारी भएको प्रमाण पत्र नक्कली रहेको विशेष अदालतको ठहर छ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमार्फत परीक्षणका लागि पठाएकोमा अपुष्ट भन्ने विवरण प्राप्त भएको अदालतले उल्लेख गरेको छ।

विष्ट २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक असई मा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group