काठमाडौं १३ माघ । अखिल क्रान्तिकारीको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशतर्फको मतगणना अनिश्चिकालका लागि स्थगित गरिएको छ । शनिबार भएको मतदानको मतगणना भइरहँदा मधेसको गणना विवाद भएको थियो । आइतबार विहानदेखि रोकिएको मतदान सुरु हुन सकेको छैन ।
विश्वविद्यालय प्रदेश समिति र उपत्यका विशेष समितिका निर्वाचन समितिले विज्ञप्ति निकालेर मतगणना अर्को सूचना जारी नभएसम्म स्थगित भएको जानकारी गराएका छन् ।
विश्वविद्यालय प्रदेश समितिका तर्फबाट निर्वाचन समितिका अर्जुन अधिकारी र उपत्यका विशेष समितिबाट प्रा।डा। जगत पोखरेलले सूचना निकालेका हुन् । स्थगित मतगणना बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो ।
मधेस प्रदेशको १५९ मत खसेको तर गणनाको क्रममा पाँच मत कम भेटिएपछि विवाद भएको थियो ।
संस्थापन पक्षले पुनः मतदानको माग गरेको छ भने अर्को पक्षले मतदान सम्भव नहुने अडान लिएको छ । विद्यार्थी संगठनका नेताहरूका अनुुसार अध्यक्षका प्रत्यासीसँग निर्वाचन आयोगका सदस्यहरूबीच छलफल जारी छ ।
२३ औं राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि ४ जनाले उम्मेवार दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्