काठमाडौं १४ माघ । भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरू सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेर बरामद गरेको छ।
आज (माघ १४ गते) वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित २ वटा पक्की घरको भूईं तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगञ्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरू बरामद गरेको हो।
गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ। बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ।
बरामद गरिएको सामानहरु आवश्यक कारबाहीको भन्सार कार्यालय वीरगञ्ज पर्सामा बुझाईएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
प्रतिक्रिया दिनुहोस्